नेप्से ५.५८ अंकले घट्याे, ३ अर्ब ९९ करोडको कारोबार

-



     सफल आवाज    
     जेठ २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ जेठ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याईसक्दा र अर्थतन्त्रको सवलिकरणका लागि हर प्रयास गर्ने बताईरहेको बेलामा सेयर बजारमा चमक नआउनुले लगानीकर्ताहरुलाई लामो समयदेखि पर्ख र हेरको अवस्थामा पुर्याईरहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.५८ अंकले घटेको छ । यसरी घटेको नेप्से २०७९.७१ विन्दुमा झरेको छ । नेप्सेमा ०.२६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.४१ अंकले घटेर ३७१.६१ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ८ वटामा रातो लागेको छ । बाँकी ५ वटामा हरियो लागेको छ । यसदिन कुल ३०६ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ८० लाख ४२ हजार ७६७ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँ ७९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको १९ करोड ३ लाख ७९ हजार ५ सय ७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.५१ प्रतिशतले घटेको छ ।