युनाइटेड मोदी हाइड्रोकाे साधारण सभा जेठ २७ मा डाकियाे

- हकप्रद सेयर जारी गर्ने प्रस्ताव

-



     सफल आवाज    
     जेठ २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ जेठ । युनाइटेड मोदी हाइड्रोपावरकाे साधारण सभा यही जेठ २७ गते डाकिएकाे छ । यसअघि चैत २९ गते बाेलाइएकाे साधारण सभा मा स्थगित भएको थियाे ।

पहिलाे चरणकाे सभामा गणपुरक संख्या नपुगेपछि स्थगित गरिएकाे थियाे । साे समयमा ताेकिएका छफलका एजेण्डाहरू भने जस्ताकाे तस्तै पेश हुने भएका छन्। 

सभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरिने भएकाे छ । युनाइटेड मेवाखोला हाईड्रोपावरले प्रवर्धन गरेकाे ५० मेगावाट मेवाखोला जलविद्युत आयोजनामा लगानीका लागि १ः१ काे रेसियाेमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमाेदन गरिनेछ । 

हाल हाइड्रोपावरको चुक्ता पुँजी रूपैयाँ १ अर्ब २३ करोड ५ लाख रहेकाे छ । शतप्रतिशत हकप्रद सेयर खुलाएपछि चुक्ता पुँजी रूपैयाँ २ अर्ब ४६ करोड १० लाख पुग्नेछ ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानका बारेमा छलफल तथा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरेकाे थियाे । सभामा भाग लिनका लागि सेयरधनीहरूले चैत ६ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।