सुनको भाउमा अर्को नयाँ रेकर्ड-ताेलाकाे १ लाख ४४ हजार

-



     सफल आवाज    
     जेठ २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ जेठ । सुनको भाउले फेरि एक पटक ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेर अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो । चाँदीको भाउ पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ १८ सयले बढेको जनाएको छ । चाँदीमा पनि रुपैयाँ २५ ले बृद्धि भएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख ४४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २५ ले बढेर तोलाको १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।