नेप्सेमा झिनो अंकको गिरावट, ४ अर्ब ३८ करोडको कारोबार

-



     सफल आवाज    
     जेठ २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ जेठ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा झिनो अंकको गिरावट भएको छ ।
नेप्ल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा झरेको छ । नेप्सेमा ०.०९ प्रतिशतले गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स १.२७ अंकले घटेर ३७०.३४ विन्दुमा रहेको ।

यसदिन कुल १३ उपसमूहहरुमध्ये ८ वटामा रातो लागेको छ । बाँकी रहेका ५ वटामा हरियो लागेको छ । कुल ३२२ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ८८ लाख १३ हजार ३७४ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँ ३८ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको १८ करोड ६८ लाख ४ हजार ९ सय १७ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै माई खोला हाईड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.४० प्रतिशतले घटेको छ ।