नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज

-



     सफल आवाज    
     जेठ २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ जेठ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बस्दैछ । साधारणा सभा पवर्तकाे रोयल कुश्मा रिसोर्टमा दिउँसाे साढे १२ बजे डाकिएकाे छ । सभामा यसपटक लाभांश वितरणकाे प्रस्ताव छैन ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानका विषयमा छलफल गरिने भएकाे छ । यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना सञ्चालकको चयन गरिने भएकाे छ । 

यस्तै अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरका लागि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेकाे छ ।

संस्थाले साधारण सभाकाे प्रयोजनार्थ जेठ १८ गते बुक क्लोज गरेकाे थियाे । लगानीकर सकेको छ । सभामा सहभागि हुनका लागि लगानीकर्ताहरूले जेठ १७ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।