सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार

-



     सफल आवाज    
     जेठ २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुचाँदीको भाउ बढेको छ ।

आज बढेको भाउ अर्को नयाँ उच्च रेकर्ड कायम भएकाे भाउ हो । सदिन छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ५० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँ कारोबार भईरहेको जनाएको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५० ले बढेर तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।