ग्रामीण विकास लघुवित्तकाे एजिएम असार १५ मा

-



     सफल आवाज    
     जेठ २७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २७ जेठ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले असार १५ गते नवौँ साधारण सभा डाकेकाे छ । सभा संस्थाकाे प्रधान कार्यालय, बुटवलमा डाकिएकाे छ । सभा पूर्वान्ह बिहान ११ बजे शुरु हुने भएकाे छ।

सभाका लागि हरिहसाब, वित्तीय अवश्था, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि कार्य गर्ने जिम्मेवारी संचालक समितिलाई दिने लगायतका एजेण्डा रहेका छन् ।

यस्तै सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पेश गरिने भएकाे छ ।

संस्थाले साधारण सभाकाे प्रयोजनका लागि असार ३ गते बुकक्लोज गर्ने जनाएकाे छ। साधारण सभामा भाग लिनका लागि सयरधनीहरूले असार २ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरू मात्रै सभामा भाग लिनका लागि याेग्य हुनेछन् ।