सुन तोलामा रु ४ हजारले घट्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     जेठ २७ गते २०८१ मा प्रकाशित




काठमाडौं, २७ जेठ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ हजार तथा चाँदीमा रुपैयाँ ७५ ले गिरावट भएको जानकारी गराएकाे छ ।

छापावाल सुनमा रुपैयाँ ४ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन अहिलेसम्मकै उच्च रेकर्ड बनाउदै तोलाको १ लाख ४५ हजार रुपैयाँमा करोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ हजारले घटेर तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भईरहोको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ७५ ले घटेर तोलाको १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।,