नेप्से ४.५९ अंकले घट्यो, ५ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     जेठ २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ जेठ । साताको सेयर कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । यसरी सेयर बजारमा भएकाे गिरावटले लगानीकर्ताकाे मनाेबल घटाएकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा झरेको छ । नेप्सेमा ०.२२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१५ अंकले घटेर ३६८.१८ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटामा रातो लागेको छ । कुल ३१३ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयरको दरिखबिक्रीबाट ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५ सय २२ रुपैयाँ ४४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड ३ लाख ९४ हजार ५६८ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बुद्धमूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।