सोमबार सुनचाँदी स्थिर भाउमा खरिद बिक्री हुँदै

-



     सफल आवाज    
     जेठ २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर काराेबार भइरहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन रुपैयाँ ४ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ हजारले घटेर तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर रहेर तोलाको १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ८ सय २५ रुपैयाँमा नै कारोबार भएको थियो ।