कालिका लघुवित्तको बजेट तर्जुमा गोष्ठी सम्पन्न

- उत्कृष्ठ शाखा कार्यालय तथा शाखा प्रमुखहरु पुरस्कृत

-



     सफल आवाज    
     जेठ २८ गते २०८१ मा प्रकाशित



पाेखरा, २८ जेठ । पाेखराकाे बुद्दचाेकमा केन्द्रीय कार्यालय रहेकाे राष्ट्रिय स्तरकाे कालिका लघुवित्त वित्तीय संस्थाले चालु आ.व.२०८०-०८१ को वैशाख महिनासम्मको समीक्षा तथा आ.व.२०८१।०८२ वजेट तर्जुमा गोष्ठी हालै सम्पन्न गरेकाे छ ।

साथै शाखा प्रमुख स्तरीय क्षमता अभिवृद्धि सम्वन्धी तालिम कार्यक्रम समेत गरेकाे छ । पोखरा लेकसाइडमा जेठ २६ र २७ गते सम्पन्न उक्त गोष्ठीकाे समुद्घाटन कार्यक्रमकाे प्रमुख अतिथि संस्थाका अध्यक्ष चन्द्र वहादुर क्षेत्री रहेका थिए भने कार्यक्रमको अध्यक्षता संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलचन्द्र पराजुलीले गरेका थिए ।

कालिका लघुवित्तका १०० शाखा कर्यालयहरुवाट उपस्थित शाखा प्रमुखहरुले चालु आ.व.को वैशाख महिनासम्मको समीक्षा तथा आगामी आ.व.को लक्ष्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण योजना तथा अनुगमन विभाग प्रमुख कविता पोखरेलले गरेकी थिइन ।

उक्त कार्यक्रममा वित्तीय संस्थाका संचालक समितिका अध्यक्ष तथा बाेर्ड सदस्यहरु साथै प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत सम्पुर्ण विभागका विभागीय प्रमुखहरुको प्रस्तुतीकरण रहेको थियो । साे अवसरमा विभिन्न विधामा उत्कृष्ठ शाखा कार्यालय तथा शाखा प्रमुखहरुलाई पुरस्कृत समेत गरिएको बताइएकाे छ ।