नेप्सेमा ८.९० अंकको बृद्धि, साढे ५ अर्बको कारोबार

- एनआरएन इन्फ्राइन्स्ट्रक्रचर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार अब्बल

-



     सफल आवाज    
     जेठ २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ जेठ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । यसले लगानीकर्ताहरुको मनोबल बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.९० प्रतिशतले बढेर २०८२.०९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले बढेर ३६९.०५ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ७ वटामा हरियो लागेको छ । बाँकी ५ वटामा रातो लागेको छ । यसदिन कुल ३१४ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।

उनीहरुको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयरको कारोबारबाट ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ २८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्राइन्स्ट्रक्टर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४१ करोड ८७ लाख ६३ हजार २० रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कुथेली भुकारी स्माल हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.६७ प्रतिशतले घटेको छ ।