बुद्धभूमि नेपाल हाइड्रोकाे साधारण सभा भाेलि, शतप्रतिशत हकप्रद सेयर निष्कासनकाे प्रस्ताव

-



     सफल आवाज    
     जेठ २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ जेठ । बुद्धभूमि नेपाल हाइड्रोपावरले बुधबार जेठ ३० गते विशेष साधारण सभा डाकेकाे छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर खुलाउनका लागि विशेष साधारण सभा डाकेकाे हाे ।

कम्पनीले हाल कायम रहेकाे चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हाे । भाेलिकाे साधारण सभाले साे शतप्रतिशत हकप्रद सेयर निष्कासनकाे प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्याल, पानीपोखरी, काठमाडौंमा बिहान १० बजे बाेलाइएकाे छ । सभाकाे प्रयोजनार्थ जेठ २३ गते बुक क्लोज गरिएकाे थियाे ।

साधारण सभामा भाग लिनका लागि सेयरधनीहरुले जेठ २२ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरुले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी रुपैयाँ ४० करोड रहेकाे छ । हकप्रद बिक्री भएपछि कम्पनीको चुक्ता पुँजी रुपैयाँ ८० करोड पुग्ने भएकाे छ ।