मंगलबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     जेठ २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने रुपैयाँ १० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन रुपैयाँ १० ले घटेर तोलाको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।