कर्मचारी संचय कोष हेटाैंडाका प्रमुख दिलिपराज पौडेललाई ‘पिएचडी’ काे उपाधि

-



     सफल आवाज    
     जेठ २९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २९ जेठ। कर्मचारी संचय कोष हेटाैंडाका प्रमुख दिलिपराज पौडेलले पिएचडीकाे उपाधि प्राप्त गरेका छन । पोखरा बिश्वबिद्यालयको काउन्सिल अफ डक्टरेट स्टडिजको हालैकाे निर्णय अनुसार दिलिपराज पौडेललाई Doctor of Philosophy (PhD) in Management को उपाधि प्रदान गरिएको हाे । Reforming Pension System in Nepal बिषयमा शोधपत्र तयार गरे बापत पौडेललाई उक्त उपाधि प्रदान गरिएको बताइएकाे छ ।

सामाजिक सुरक्षाको एउटा महत्वपूर्ण अंग निवृत्तिभरण ब्यबस्थापन बिश्वब्यापी चासो र महत्वपूर्ण बिषय रहेको सन्दर्भमा यस बिषयको शोधले नेपालमा चुनौतीपूर्ण बन्दै गएको निवृत्तिभरण ब्यबस्थापन क्षेत्रमा योगदान गर्न सक्ने पोखरा बिश्वबिद्यालयले अपेक्षा गरेकाे छ ।

बि सं २०२६ साल बैशाख २७ गते भरतपुर ५ नारायणपुरमा जन्मेका डा. पाैडेल बिगत ३४ बर्षदेखि कर्मचारी संचय कोषमा कार्यरत छन । हाल ललितपुरमा बसाेबास गर्ने पाैडेलले बिभिन्न् राष्ट्रीय, अन्तराष्ट्रीय क्षेत्रका तालिम, सेमिनारहरूमा सहभागिता समेत जनाएका छन। बिभिन्न कलेजहरूमा अध्यापन समेत गरेका पाैडेल हाल कर्मचारी संचय कोष हेटाैंडाक कार्यालय प्रमुखकाे जिम्मेवारीमा छन ।

डा. दिलिपराज पौडेलकाे यस शोधपत्रमा उल्लेख भए अनुसार नेपालमा सरकारी तथा सार्बजनिक सस्थाहरुमा योगदान रहित निवृत्तिभरण ब्यबस्थापन भइरहेको र राज्यकोषबाट आर्थिक दायित्व व्यहोरी रहेको अबस्थामा २०७६ साल श्रावण १ गते देखि नँया नियुक्त हुने सरकारी कर्मचारी (निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र बिशेष सेवा) को हकमा योगदानमा आधारित निवृत्तिभरणको लागि ६/६ प्रतिशत योगदान शुरु भएको र सो को संकलन तथा ब्यबस्थापनको लागि नेपाल सरकारले कर्मचारी संचयकोषलाइ जिम्मेवारी दिएको अवस्था छ ।

यद्दपी हालसम्म पनि शिक्षकहरु योगदानमा आधारित निवृत्तिभरण योजनामा समेटिएका छैनन् । साथै प्रदेश र स्थानीय तहमा नया नियुक्त भएका कर्मचारीहरु र सबै सार्बजनिक संस्थाहरुमा यो ब्यबस्था पूर्णत: कार्यन्वयनमा आउन नसकेको सन्दर्भमा उनको याे अध्ययन र अनुसन्धानले नीतिगत सुधारका लागि थप योगदान पुग्ने बिश्वास गरिएकाे छ ।