काठमाडौं, २९ जेठ । लामो समयपछि नेप्सेमा हरियाली छाएको छ । नेप्सेको हरियाली दृश्यले दगानीकर्ताहरुको मनोबल बढेको छ ।
साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक हरियालीको माहोल देखिनाले अब उकालोको यात्रा तय गरेको होकि भन्ने आकलन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.५९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.१८ अंकले बढेर ३७३.२३ विन्दुमा रहेको छ ।
यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३११ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयरको कारोबारबाट ५ अर्ब ५५ करोड ५३ लाख ६१ ह्जार ७३९ रुपैयाँ ६ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३६ करोड ३० लाख ९२ हजार ९१० रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै साम्लिङ पावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.८१ प्रतिशतले घटेकाे छ ।

्









काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




