बुधबार अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

-



     सफल आवाज    
     जेठ ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४१ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ १ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ८३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ ७३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ ४३ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९७ रुपैयाँ २५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९९ रुपैयाँ २ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ .

आजको मूल्यसूचीः