बुद्धभूमि नेपाल हाइड्रोपावरकाे विशेष साधारण सभा आज

-



     सफल आवाज    
     जेठ ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० जेठ । बुद्धभूमि नेपाल हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्न आज विशेष साधारण सभा डाकेकाे छ । कम्पनीले हाल कायम रहेकाे चुक्ता पुँजीको शतप्रतिशत हकप्रद खुलाउने भएकाे हाे ।

सभा कम्पनीको कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौंमा उक्त दिन बिहान १० बजे बाेलाइएकाे छ । 

साधारण सभाकाे प्रयोजनार्थ कम्पनीले जेठ २३ गते बुधबार बुक क्लोज गरिसकेकाे छ । सभामा भाग लिनका लागि सेयरधनीहरुले जेठ २२ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । कम्पनीको चुक्ता पुँजी रूपैयाँ ४० करोड रहेको छ । हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी रूपैयाँ ८० करोड पुग्ने भएकाे छ ।