बुधबार सुनचाँदीको भाउ बढ्याे, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ ३० गते २०८१ मा प्रकाशित



काठमाडौ, ३० जेठ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ४१ ह्जार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४१ हजारमा रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ८ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।