नेप्सेमा ६.३७ अंकको बृद्धि, करिब ६ अर्बकाे कारोबार

-



     सफल आवाज    
     जेठ ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० जेठ । साताको सेयर कारोबार हुने चौथो दिन पनि बुधबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।

लगातार दोश्रो नेप्सेमा दोहोरो अंकको बृद्धिले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.६७ अंकले बढेर ३७४.९१ विन्दुमा पुगेको छ ।

कुल १३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी रहेका ९ वटामा हरियो लागेको छ । यसदिन कुल ३१२ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड, २९ लाख ५० हजार ४०७ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँ १३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्राइन्स्ट्रचर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको २७ करोड ६३ लाख ६० हजार ४९१ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ४.४८ प्रतिशतले घटेको छ ।