गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स २३ औं वर्षमा प्रवेश

-



     सफल आवाज    
     जेठ ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० जेठ। ललितपुरकाे हरिहरभवन पुल्चाेकमा केन्द्रीय कार्यालय रहेकाे गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड आजदेखि २२ वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश गरेको छ ।

२२ औं वार्षिकत्सवको अवसरमा फाइनान्सले सम्पूर्ण ग्राहक, शुभचिन्तक, तथा शेयरधनी महानुभावहरु, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरुप्रति आभार प्रकट गरेको छ । साथै आगामी दिनहरुमा अझ सुदृढ, सरल, विश्वसनिय तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैकिङ्ग सेवा प्रदान गर्दै आएको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ६ वर्षदेखि वार्षिक रुपमा बुंगमती, ललितपुर स्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा बिगतमा जस्तै उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताएका छन ।

संस्थाले २२ औं वार्षिकोत्सवको अवसरमा आज प्रधान कार्यालय हरिहरभवन पुल्चोकमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी, रक्त सचांर सेवा केन्द्र ललितपुरकाे प्राविधिक सहयोगमा भएकाे साे रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको बताइएको छ ।

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले हाल प्रधान कार्यालय सहित २३ शाखा कार्यालयहरु र ४ एक्सटेन्सन काउन्टरहरुबाट सबै प्रकारका बैंकिङ्ग सेवाहरु प्रदान गर्दैैै आईरहेको छ भने व्यक्तिगत निक्षेप खाताको लागि ५ लाख सम्मको निक्षेप विमाकाे ब्यबस्था समेत गरेको छ ।