हकप्रद प्रस्ताव पारित गर्न युनाइटेड अजोड इन्स्याेरेन्सकाे विशेष साधारण सभा आज

-



     सफल आवाज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ जेठ । युनाइटेड अजोड इन्स्याेरेन्सले हकप्रद सेयर जारी गर्ने भएकाे छ । यसका लागि कम्पनीकाे आज बिहिबार विशेष साधारण सभा डाकिएकाे छ ।

सभाबाट हाल रहेकाे चुक्ता पुँजीबाट १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिने भएकाे छ । सभाले साे प्रस्ताव पारित गरेपछि कम्पनी हकप्रद सेयर निष्कासनकाे अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिन जानेछ ।

बोर्डले हकप्र सेयर खुलाउने अनुमति दिएपछि कमपनी हकप्रद सेयर निष्कासन प्रक्रियाका जानेछ । विशेष साधारण सभा आम्रपाली ब्यांकेट टंगाल काठमाडौंमा बिहान साढे १० बजे डाकिएकाे छ । 

कमपनीले विशेष साधारण सभा प्रयोजनार्थ जेठ २५ गते बुक क्लोज गरेकाे थियाे । सेयरधनीहरुले साभामा भाग लिनका लागि जेठ २४ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

कम्पनीकाे चुक्ता पुँजी हाल रुपैयाँ २ अर्ब १० करोड रहेको छ । हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी रुपैयाँ २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्ने भएकाे छ ।