कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्याे सोह्रौं साधारण सभा

-



     सफल आवाज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३१ जेठ । कर्पोरेट डेभलपमेन्ट बैंकले असार १९ गते सोह्रौँ साधारण सभा बाेलाएकाे छ । सभा बैंककाे प्रधान कार्यालय, गीतामन्दिर रोड, वीरगञ्ज, पर्सामा डाकिएकाे हाे । सभा बिहान ७ः१५ मा सुरु हुनेछ।

बैंककाे साधारण सभामा अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासंग मर्जर गर्नेपर्ने भएमा त्यसकाे सबै काम गर्ने अख्तियारी संचालक समितिलाई दिइने भएकाे छ ।

सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनकाे प्रस्ताव, गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पेश हुनेछन्।

साधारण सभाकाे प्रयोजनका लागि बैंकले असार १ गते बुकक्लोज गर्ने बताएकाे छ। सभामा भाग लिनका लागि सेयरधनीहरूले जेठ ३१ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।