प्रतिनिधि सभा बैठक : यस्ताे छ आजकाे कार्यसूची

-



     सफल आवाज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ जेठ । प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा पूर्वान्ह ११ बजे सुरु हुने भएकाे छ ।

बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने प्रकाशित सूचनामा जनाइएकाे छ ।

उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने आजकाे कार्यसूची रहेको छ ।