बिहिबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ जेठ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको स्थिर रहेको छ । चाँदीको भाउ भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ परिवर्तन भएको छैन । चाँदीको भाउ तोलामा रुपैयाँ १० ले घटेको छ ।

छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख ४१ ह्जार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।