कामना सेवा विकास बैंकका ग्राहकलाई थाइरो ल्याबमा २० प्रतिशत छुट

-



     सफल आवाज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ जेठ । कामना सेवा विकास बैंकले बुटवलको थाइरो ल्याब प्रालीसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।याे सम्झौता अन्तर्गत बैंकका ग्राहकले सो ल्याबले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिसम्म पुर्याउने उद्धेश्यले स्थापित यस ल्याबमा बैंकका ग्राहकले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन । यस सम्झौताबाट बैंकसँग आबद्ध व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवाकेन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवाहरु प्रदान गरिरहेको छ ।