नेप्से ९.३२ अंकले घट्याे, ६ अर्ब ४३ करोडको कारोबार

-



     सफल आवाज    
     जेठ ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ जेठ । लगातार उकालो लागेको नेप्सेमा तेश्रो दिन बिहिबार करेक्सन भएको छ । दुईटा उपसमूह बाहेक सबै राताम्यै भएका छन् । विकास बैंक र फाइनान्स उपसमूह बाहेक अरुमा रातो लागेको हो ।

साताको सेयर कारोबार हुने अन्तिम दिन आज नेप्सेमा ९.३२ अंकले गिरावट भएको छ । यसरी घटेको नेप्से २११२.२९ विन्दुमा झरेको छ । नेप्सेमा ०.४३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.७२ अंकले घटेर ३७४.१८ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । उनीहरुमा विकास बैंक उपसमूह र फाइनान्स उपसमूह रहेका छन् । बाँकी ११ वटामा रातो लागेको छ ।

नेप्सेका अनुसार यसदिन कुल ३१३ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ४२ लाख ७९ हजार २५४ कित्ता सेयरको खरिदबिक्रीबाट ६ अर्ब ४३ करोड ८० लाख ३३ हजार १५६ रुपैयाँ २१ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयर कारोबार भएको छ । फाइनान्सको २८ करोड ४७ लाख ३८ हजार ६९७ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । सो फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।