आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

-



     सफल आवाज    
     जेठ ३२ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३२ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३८ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ९८ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ५९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ७० रुपैयाँ ३७ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ १४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४८ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ ४६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ २ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९९ रुपैयाँ २८ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः