शुक्रबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ ३२ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३२ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले घटेर तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो् ।