श्री डिष्टिलरी आइपीओमा जाने,बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

-



     सफल आवाज    
     जेठ ३२ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३२ जेठ । श्री डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएकाे छ । साे कार्यका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । श्री डिष्टिलरी लिमिटेडको ९ लाख ६० हजार कित्ता सेयरको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको बताइएकाे छ । आइपीओ निष्काशनका लागि २०८१ साल जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ ।

सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट संचालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन ।

हस्ताक्षरपछि श्री डिष्टिलरीका संचालक सनत न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताएका थिए ।

प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आइपीओ निष्काशनमा श्री डिष्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरेका थिए ।

सम्झौतासँगै कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने बताइएको छ । प्रक्रिया पुरा गरी चाँडै नै कम्पनीले आइपीओ जारी गर्ने समेत जनाइएको छ ।