यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभाबाट १५ प्रतिशतसम्म हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

-



     सफल आवाज    
     जेठ ३२ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३२ जेठ। यूनाइटेड अजोड इन्स्योरेन्सकोे विशेष साधारण सभा काठमाडौंमा सम्पन्न भएकाे छ ।नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कम्पनीको चुक्ता पूँजी सम्बन्धमा न्यूनतम चुक्ता पूँजी २ अर्व ५० करोड कायम गर्न आवश्यक सबै प्रकृया सम्पन्न गर्न भनि निर्देशन भए अनुसारकाे कार्य गर्न विशेष साधारण सभा सम्पन्न गरिएकाे हाे ।

हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतसम्म हकप्रद शेयर जारी गर्न प्राधिकरणबाट सैद्धान्तिक सहमति प्रदान भए अनुरुप सभाबाट उक्त विशेष प्रस्ताव पारित भएकाे छ । हकप्रद शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी बृद्धि हुनेछ ।

नेपाल बीमा प्राधिकरणबाट संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ रहे बमोजिम संचालक समितिमा समेत सो अनुपातमा प्रतिनिधित्व गराउने सन्दर्भमा संस्थापकको तर्फबाट तीन जना, सर्वसाधारणको तर्फबाट ३  जना र स्वतन्त्र संचालक १ जनाको प्रतिनिधित्व हुने गरी कम्पनी ऐन, २०६३ को दफा ८६(२) बमोजिम एक जना महिला संचालक समेत समावेश हुने गरी साधारण सभामा विशेष प्रस्ताव राखी सोही अनुपातमा प्रतिनिधित्व कायम गराउने व्यवस्था गर्नु भनि निर्देशन प्राप्त भएको हो ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको कम्पनीको चुक्ता पूँजी २ अर्व १० करोडको १५% अर्थात प्रत्येक १ सय कित्ता शेयर वरावर १५ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित भएकाे छ ।