सेबाेन अध्यक्षका लागि ‘सर्ट लिस्टेड’ ५ जनाकाे अन्तर्वार्ता आज

-



     सफल आवाज    
     असार २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्ड (सेबाेन)काे अध्यक्ष नियुक्तिका लागि सर्ट लिस्टमा परेका ५ जना उम्मेदवारको आज अन्तर्वार्ता हुने भएको छ ।

नयाँ अध्यक्षका उम्मेदवारहरूले अन्तर्वार्तासहित व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण गर्ने भएका छन् । अन्तर्वार्ता राष्ट्रिय योजना आयोगको सभा हलमा हुने अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जनाएको छ ।

सेबाेनकाे नयाँ अध्यक्षका लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्जका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र सन्तोष नारायण श्रेष्ठको नाम सर्ट लिस्टमा रहेकाे छ ।

सरकारले गएकाे माघमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको अध्यक्षतामा सेबाेनकाे अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । समितिले २५ चैतमा उनीहरुको नाम सिफारिस गरिएकाे थियो ।

साे समयमा अर्थमन्त्रीको निर्देशनमा कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता रोकिएकोमा आज अन्तर्वार्ताका लागि बाेलाइएकाे हाे ।