सुनकाे भाउ १६ सयले बढ्याे, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     असार २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

छापावाल सुनमा यसदिन रुपैयाँ १६ सय तथा चाँदीमा रुपैयाँ २० ले भाउ बढेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बृद्धि भएर तोलाको १ हजार ८ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।