नेप्सेमा १७.०४ अंककाे गिरावट, ५ अर्ब ४७ करोडको कारोबार

-



     सफल आवाज    
     असार २ गते २०८१ मा प्रकाशित



काठमाडौं, १ असार । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दोहोरो अंककको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा झरेको छ । नेप्सेमा ०.८० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.२५ अंकले घटेर ३७०.९३ विन्दुमा झरेको छ ।

१३ उपसमूहहरुमध्ये होटल तथा पर्यटन उपसमूह बाहेक सबै १२ वटामा रातो लागेको छ । कुल ३१७ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयरको कारोबार भएको छ । यसबाट ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँ ८५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३० करोड ४० लाख ५३ हजार ४९२ रुपैया ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य बढेको छ । फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ