बक्र ईदकाे अवसरमा आज सार्वजनिक बिदा

-



     सफल आवाज    
     असार ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ जेठ । सरकारले आज असार ३ गते सोमबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद(उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिएकाे छ ।

गृह मन्त्रालयले सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।