पहिराले मुग्लिन मलेखु सडक अवरुद्ध

-



     सफल आवाज    
     असार ३ गते २०८१ मा प्रकाशित



भरतपुर, ३ असार । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।

सडक निर्माणका क्रममा खनेको ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए। अहिले पहिरो पन्छाउने काम जारी रहेको उनले बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।