अभियान लघुवित्तले डाक्याे असार ६ गते साधारण सभा

-



     सफल आवाज    
     असार ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ असार । अभियान लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा असार ६ गते डाकिएकाे छ । सभा ताम्राकार पार्टी भेन्यु, पनौती नगरपालिका वडा नं ४, काभ्रेपलाञ्चोकमा पूर्वान्ह ११ बजेदेखि बाेलाइएकाे छ ।  साधारण सभामा यस पटक लाभांश वितरणकाे प्रस्ताव छैन ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानकाे हर हिसाबका बारेमा छलफल हुने, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ । 

यस्तै अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरका लागि कार्य गर्न, बैंकको प्रबन्धपत्र र नियमावली संशोधनकाे अख्तयारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा रहेका छन् । 

साधारण सभाकाे प्रयोजनार्थ कम्पनीले जेठ २१ गते बुक क्लोज गरेको थियाे । सभामा भाग लिनका लागि सेयरधनीहरूले जेठ २० गतेसम्म सेयर काराेबारु गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरू सभाका लागि याेग्य मानिने छन् ।