अन्तराष्ट्रिय टी २० मा लेग स्पीनर सन्दीपले बनाए १०० वीकेटको कीर्तिमानि

-



     सफल आवाज    
     असार ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ असार । टि ट्वन्टी विश्व कप २०२४ को समूह डि को समिकरण पूरा भएसंगै नेपाल सुपर आठमा पुग्न नसकेपनि नेपाल लेग स्पीनर सन्दीप लामिछानेले १०० वीकेट कीर्तिमानि बनाउन सफल भएका छन् ।

बंगलदेशसंगको आजको खेलमा नेपाल २१ रनले पराजित हुँदै गर्दा उनले सेन्ट भिन्सेन्टमा जारी खेलमा बंगलादेशका तान्जिम हसन साबिकलाई आउट गर्दै अन्तराष्ट्रिय टी २० मा १०० वीकेट पूरा गरेका हुन् । उनले ५४ अन्तराष्ट्रिय खेलमा सो कीर्तिमानि बनाएका हुन् ।

१०० वीकेट पूरा गरेका सन्दिप लामिछाने विश्वका दोश्रो छिटो बलिङ गर्ने बलर हुन् । उनले बंगलादेश विरुद्ध २ वीकेट लिए । जारी विश्वकपमा उनको यो दोश्रो खेल हो । अमेरिकामा खेलाईएका खेलको लागि उनलाई अमेरिकाले भिसा नदिएपछि ति खेल खेल्न पाएका थिएनन् ।