आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ २० ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँ कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।