भद्रपुर मालपोतले ११ महिनामा उठायाे करिब ७१ करोड राजस्व

-



     सफल आवाज    
     असार ३ गते २०८१ मा प्रकाशित



झापा ३, असार । मालपोत कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा ७० करोड ९८ लाख १३ हजार ८ सय ९१ रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भद्रपुर मालपोतले ११ हजार ८ सय ६१ थान रजिस्ट्रेसन पारितबाट उक्त आम्दानी गरेको हो । चालु आवमा जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताएका छन।

“गत आव २०७९/८० को ११ महिनाको तुलनामा चालु आवमा रु २० करोड ८७ लाख ९३ हजार छ सय १४ ले राजस्व सङ्कलन बढेको छ,” उनले भने।

गत आवको सोही अवधिमा रु ५० करोड एक लाख २० हजार दुई सय ७७ राजस्व सङ्कलन भएको थियो । चालु आवमा सेवा करबापत रु छ करोड ८६ लाख ७० हजार दुई सय ८९, रजिष्ट्रेसन दस्तुर रु ४३ करोड ४३ लाख ७८ हजार तीन सय ५५, छुटबापत रु पाँच करोड ७० लाख ६३ हजार सात सय ४५ उठेकाे छ ।

यस्तै, डोर सुविधा शुल्क रु एक लाख ६५ हजार सङ्कलन भएको छ । पूँजीगत लाभकर रु २६ करोड ३५ लाख ५५ हजार तीन सय ८५ र विलम्ब शुल्कबापत रु एक लाख आठ हजार छ सय छ राजस्व सङ्कलन गरिएको सूचना अधिकरी दाहालले जानकारी दिए।