ट्यांकर चालक संघ र सरकारबीच ४ बुँदे सहमतिपछि पेट्रोल पम्पहरु खुले

-



     सफल आवाज    
     असार ३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३ असार । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच चार बुँदे सहमति भएपछि काठमाडाैंका पेट्राेल पम्पहरू खुलेका छन् ।

संघका पदािधकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सिंहदरबारमा भएकाे वार्ता सहमितमा पुगेपछि पम्पहरू खुलेका हुन् ।

पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल आयल निगम तथा मन्त्रालयबीच भएको छलफल सकारात्मक भएपछि ट्यांकर चालकहरू पेट्रोलियम पदार्थको ढुवानीका लागि सहमतिमा पुगेका हुन् । 

चालकहरूका मागका बारेमा एक समिति बनाएर अध्ययन गरिने भएकाे छ । उनीहरूले राखेका ७ वटा मागहरूका बारेमा समितिले अध्ययन गर्नेर साे काे प्रतिवेदन तयार भएपछि मागकाे संवाेधनकाे प्रक्रिया अगाडि बढाइने भएकाे छ ।

केहि माग सिमितले अध्ययन गरेपछि र केहि निगमले नै पूरा गर्नेछ। ट्यांकर चालकहरूले ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने माग गरेर पेट्रोलियम ढुवानी रोकेका थिए ।

श्रमिकहरूको सुरक्षाकाे ग्यारेन्टी हुनुपर्ने, मजदूरमैत्री व्यवहार हुनुपर्ने लगायतका माग रहेका नेपाल पेट्रोलियम ट्यांकर चालक संघकाे माग रहेकाे छ ।

आइतबारदेखि काठमाडाैंमा निजी पेट्रोल पम्पहरुले पेट्रोल र डिजेलको बिक्री वितरण रोकेका थिए । यसकाे कारण सरकारी पम्पहरुमा ग्राहककाे ङुइचाे लागेकाे थियाे ।