आज सुनको भाउ स्थिर, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     असार ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ सोमबारकै कायम भएको र चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको जनाएको छ ।

यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४१ ह्जार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।