तेश्रो दिन सेयर बजार राताम्मै, साढे ४ अर्बको कारोबार

-



     सफल आवाज    
     असार ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ असार । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजार राताम्मै भएको छ । कुल कारोबार रकम पनि अघिल्ला दिनहरुको भन्दा घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा झरेको छ । नेप्सेमा ०.८९ प्रतिशतले गिावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.७२ अंकले घटेर ३६७.२० विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । कुल ३१८ कम्पनीहरुको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ५५ करोड ७ लाख ३७ हजार ८८४ रुपैयाँ ३२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी बरुण हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ११ करोड २७ लाख ९८ हजार ७८२ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।