बुधबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     असार ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ बुधबार स्थिर रहेर कारोबार भईरहेको जनाएको छ । चाँदीमा रुपैयाँ १० ले गिरावट भएको जनाएको छ ।

छापावाल सुनको भाउ स्थिर रहेर आज तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउमा रुपैया १० ले गिरावट भई तोलाको १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।