प्रि ओपन सेसन : नेप्सेमा १.२५ अंककाे बृद्धि

-



     सफल आवाज    
     असार ५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ५ असार । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक सुरूआत भएकाे छ । यसिदनकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२५ अंकले बढेकाे छ। याे बढाइसंगै अब उकालाे लाग्ने हाेकि भन्ने संकेतकाे रूपमा आकलन गरिएकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक अघिल्लो कारोबार दिन मंगलबार १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा झरेकाे थियाे ।

आजकाे प्रि ओपन सेसनमा नेप्से १.२५ अंकले बढेर २०७७.७४ विन्दुमा उक्लिएपछि लगानीकर्ताकाे मनाेबल बढाएकाे छ । यस सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४९ अंकले बढेको छ।

आसकाे प्रि ओपन सेसनमा ३८ वटा कम्पनीहरूकाे काराेबार भएकाे छ । उनीहरूकाे १ हजार २६१ कित्ता सेयरकाे काराेबार बाट रूपैयाँ ८ लाख ६० हजार ६४४ बराबरकाे काराेबार भएकाे छ । उनीहरूमा १६ वटाकाे सेयरमूल्य बढेको छ । बाँकी २० वटाकाे सेयरमूल्य घटेको छ। २ वटाकाे स्थिर रहेको छ।