आदर मल्टी ईन्भेष्टमेण्टले साढे ५३ करोड बराबरकाे आईपीओ जारी गर्ने

-



     सफल आवाज    
     असार ५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ५ असार । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएकाे छ । सेयर जारी गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेकाे छ । 

सम्झाैता पत्रमा आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीको तर्फबाट अध्यक्ष यज्ञमूर्ति न्यौपाने र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले १ अर्ब ७८ करोड ५८ लाखको ३० प्रतिशतले हुने ५३ करोड ५७ लाख ४० हजार रूपैयाँ बराबरकाे सेयर प्रतिकित्ता .१०० अंकित दरकाे ५३ लाख ५७ हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि विक्री गर्ने जनाएकाे छ ।

कम्पनीले का.म.पा. १४, बल्खुमा भएको करीब ३६ रोपनी जग्गामा व्यापरिक भवन बनाएकाे छ । जहाँ २ हजार १५२ वटा पसल रहेका छन् ।