प्रभु बैंक को ३०६औ शाखा मुगुको गमगढिमा

-



     सफल आवाज    
     असार ५ गते २०८१ मा प्रकाशित




काठमाडाैं, ५ असार । प्रभु बैंक लिमिटेडले मुगु,छायानाथ रारा नगरपालिका,वडा नं.०२ स्थित गमगढिमा ३०६ औं शाखा खोलेकाे छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैकले याे शाखा थपेकाे हाे ।

बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न स्थानहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेकाे बताएकाे छ ।

प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको गमगढि शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।