प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसंग प्रत्यक्ष सवालजवाफ हुँदै

-



     सफल आवाज    
     असार ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ असार । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने भएका छन् । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा पूर्वान्ह ११ बजे बोलाईएको छ ।

बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत सातवटा मन्त्रालयका मन्त्रीहरुले मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

कार्यसूचीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय रहेका छन् ।

यस्तै, संञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्रीहरुले विषयत प्रश्नहरुको जवाफ दिने भएका छन् ।

आजको कार्यसूची