सुनमा रु ६ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     असार ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बढेको जानकारी दिएको छ

यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ यसअघि बुधबार चापावाल सुन तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज रुपैयाँ ३५ ले बढेर तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।