अन्तिम दिन नेप्से १०.४४ अंकले घट्याे, पाैने ४ अर्बको कारोबार

-



     सफल आवाज    
     असार ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ असार । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । नेप्सेको नकारात्मक लयको कारण लगानीकर्ताहरुलाई पर्ख र हेरको स्थितिमा पुर्याएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा झरेको छ । नेप्सेमा ०.५० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.६९ अंकले घटेर ३६५.०५ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये २ वटामा हरियो लागेको छ । बाँकी ११ वटैमा रातो लागेको छ । कुल ३०६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनसहरुको ८६ लाख ६३ हजार ६ सय ९९ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रुपैयाँ ३४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी माउन्टेन इनर्जि नेपाल लिमिटेडको सेयर कारोबार भएकेो छ । कम्पनीको १७ करोड १४ लाख ८४ हजार ८१४ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ७.७१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कुथेली बुकारी स्माल हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.२८ प्रतिशतले घटेको छ ।